ओलीको कदमविरुद्ध जसपाले तीन दिन प्रदर्शन गर्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संसद विघटनको विरोधगर्दै देशव्यापी प्रर्दशन गर्ने भएको छ।
संसद विघटनपछि पार्टीको आधिकारीक धारणा तय गर्न मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।
जसपा नेता उपेन्द्र यादवका अनुसार बैठकले पुस १०, ११ र १२ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीको कदम संविधान विपरित भएकाले विरोधमा जाने निर्णय भएको छ’ उनले भने,‘तीन दिन देशव्यापी प्रदर्शन गर्नेछौँ।’
बैठकले प्रधानमन्त्रीको कदम संविधानको धावना विपरित रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।
चुनावमा जाने तयारीबारे भने जसपाले कुनै निर्णय नलिएको यादवले उकेरालाई बताए। ‘पहिला देशको अवस्था ठिक बनाएर चुनावमा जानेबारे निर्णय लिन्छौँ’ यादवले भने।
पुष ७, २०७७ मंगलबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।