नारायणकाजीले भने–नेकपाको प्रवक्ता मै हुँ
काठमाडौं : नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको दावी गरेका छन्।
मंगलबार बिहान बालुवाटारमा बसेको केपी शर्मा ओली पक्षको बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।
पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षको बैठकपछि आयोजित ब्रिफिङमा उनले आफू नै नेकपाको प्रवक्ता भएको बताएका हुन्।
आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको भन्दै नेकपाको प्रवक्ता भएको स्पस्ट पारे।
‘नेकपाको प्रवक्ता म नै हुँ। यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने अगाडि बढ्ने निर्देशन दिएको छ’ उनले भने।
कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णय नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित नहुनेसमेत उनको भनाई थियो।
पुष ७, २०७७ मंगलबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।