कांग्रेस केन्द्रीय समिति बैठक भोलि १ बजे बस्नेगरी सकियो
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्ने गरी स्थगित भएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठक भोलि १ बजेलाई बस्नेगरी स्थगित भएको कांग्रेसले जनाएको छ।
संसद विघटनपछिको राजनीतिक अवस्बारे पार्टीको धारणा बनाउन बसेको बैठकमा ४ नेताले आफ्नो धारणा राखेका थिए।
धारणा राख्नेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महेश आचार्य, एनपी साउद, डा.नारायण खड्का रहेका छन्।
उनीहरुले संसद विघटन असंबैधानिक भएको धारणा राखेका थिए।
कांग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालका अनुसार आजको बैठक सभापति शेरवहादुर देउवाको व्यस्तताका कारण टुंगिएको हो। १ बजे आह्वान गरिएको बैठक २ घण्टा ढिलो गरी बसेको थियो।
पुष ७, २०७७ मंगलबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।