निर्वाचन आयोगमा पुग्यो नेकपा पुर्नगठनको निवेदन
काठमाडौंः सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुर्नगठनको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुर्नगठनको निवेदन आयोगमा परेको पुष्टि गरे।
थपलियालका अनुसार आयोगमा दर्ता भएको निवेदन आज दर्ता भएको छ।‘आयोगमा निवेदन दर्ता भएको छ। समाचारमा आएजस्तो ११ सय जत्तिको संख्यामा भने होईन।’उनले उकेरासँग भने,‘निवेदनमा हिजोको मिति राखेर आज दर्ता गराईएको हो।’
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार मनोनयन गरेका थिए। जुन प्रस्ताव आजको बैठकले पारित गरेको छ।
यससँगै केन्द्रीय कमिटीमा कूल सदस्य संख्या ११ सय ९९ पुगेको ओली पक्षको दाबी छ।
पुष ७, २०७७ मंगलबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।