बामदेव र बादलबीच भैंसेपाटीमा छलफल हुँदै
काठमाडौं : गृहमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरिरहेका छन्।
उनीहरूबीच संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भइरहेको बताइएको छ। थापा आज दिउँसो पौने २ बजे गौतम निवास भैंसेपाटी पुगेका हुन्।
पार्टीमा दुई पक्षले बोलाएको भेलामा उनीहरू सहभागी भएका छैनन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आ–आफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरेका थिए।
पुष ७, २०७७ मंगलबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।