'ओलीले  इतिहासमा ठूलो गल्ती गरे'

'ओलीले  इतिहासमा ठूलो गल्ती गरे'

-बुद्धिसागर, लेखक 

कोरोनाको खोप बनेलगत्तै नेपालमा पनि आउने आसमा जनजीवनले गति लिँदै थियो। नयाँ वर्षदेखि केही सकारात्मक काम होलान् भन्ने सोचेको थिए।

बेरोजगारी, फ्रस्टेसन बढेको बढ्यै छ। झन् यत्रो वर्षपछि पाएको स्थिर सरकारले नै संसद् विघटन गर्ला भन्ने लागेको थिएन। आर्थिक संवृद्धिमा लाग्नुपर्ने बेलामा शक्ति र सत्ताको खेलमा रम्नुले देशमा फेरि राजनीतिक अस्थिरताको अवस्था आएको छ। 

राजनीतिक अस्थिरता भएपछि देशको हरेक क्षेत्र डामाडोल हुन्छ। विकासको लहर ल्याउनु पर्ने बेलामा बहुमतको सरकार ढालेर राजनीति अस्थिरतातिर लागेको छ। नेपाली जनताको स्थिर सरकारको कल्पना कल्पनामा मात्र सीमित बनाएर ओलीले  इतिहासमा ठूलो गल्ती गरे ।

जनताको भोटको ओलीले अपमान गरेका छन्। त्यसको  जवाफ जनताले चाडै दिनेछन्। मान्छेमा त्रास बढाउने काम भयो। अति नै अमानवीय काम भयो।

 

पुष ७, २०७७ मंगलबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।