सोमबार २३ चैत, २०८२
अध्यक्षबाट ओलीलाई हटाउन दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
तस्वीर : कृष्पा श्रेष्ठ
काठमाडौं : पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षधर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दाहालको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठक नारायणकाजी श्रेष्ठले संचालन गरेका छन्।

बैठक महासचिवले संचालन गर्ने व्यवस्था रहे पनि महासचिव विष्णु पौडेल केपी ओली पक्षमा रहेकाले श्रेष्ठले बैठकको संचालन गरेका हुन्।
यसअघि आज बिहान ओली पक्षको भेला बालुवाटारमा बसेको थियो।
पुष ७, २०७७ मंगलबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।