बालुवाटार गेट नम्बर ३ : भित्र गरम, बाहिर नरम

बालुवाटार गेट नम्बर ३ : भित्र गरम, बाहिर नरम

काठमाडौँ : पुष्पकमल दाहाल र माधव नेपाल समूहले कारबाहीको निर्णय गर्नु अगाडि नै आफ्नो नयाँ बाटो तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपामा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक जारी छ।

बैठकले महाधिवेशन आयोजक समिति गठन गर्दै पाँच सय ५६ नयाँ सदस्य थप गरेको छ। बैठकले जे जस्ता निर्णय गरे पनि बाटो अलग अलग गर्ने मोड नै। भित्रको माहौल गरम हुनु स्वाभाविकै हो। 

बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल,नेता माधव नेपाल, झालनाथ खनाल लगायतालाई कारबाही गर्ने सङ्केत देखिएका थिए। तर कारबाही भएन। केन्द्रीय समितिमा आफू अल्पमतमा रहेकाले उनले सदस्य थप गरेर ५ सय ५६ लाई ११ सय ९९ बनाउने निर्णय गरे।

पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई ल्याए। मङ्गलवारै पार्टी महासचिव विष्णु पौडेलले ल्याएको विधान संशोधन प्रस्ताव समेत पारित भयो।

उता दाहाल र नेपा पक्षले पनि आजै केन्द्रीय सदस्यहरूको बैठक डाँकेका छन्। बैठक अगाडि सचिवालय बैठक बसेको थियो।

घामको ताप बढ्दै गए पनि बाहिरी माहौल भने सुनसान छ। बैठकमा सहभागीहरू गेट नम्बर तीनबाट भित्र प्रवेश गरिरहेका छन्। सञ्चारकर्मीलाई सडकको पल्लो किनारामा राखिएको छ।

पुष ७, २०७७ मंगलबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।