नेकपा अध्यक्ष ओलीद्वारा एकलौटी ५५६ केन्द्रीय सदस्य थप
काठमाडौं : फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटीरूपमा ५५६ जना केन्द्रीय सदस्य थपेका छन्।
मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको बैठकमा उनले नेकपामा ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन्।
उनले एक हजार एक सय ९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै केन्द्रीय सदस्य थपेका हुन्। समितिमा एक सय ९७ जना पछि थपिने छन्।
नेकपामा अहिले चार सय ४६ जना केन्द्रीय सदस्य छन्।
यसैबीच, मनोनित केन्द्रीय सदस्यहरूले आजै सपथ ग्रहण गरेका छन्।
पुष ७, २०७७ मंगलबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।