ओली पक्षको निर्णय : मध्यावधि निर्वाचन गराएर पार्टी महाधिवेशन

ओली पक्षको निर्णय : मध्यावधि निर्वाचन गराएर पार्टी महाधिवेशन

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी कार्यालयमा बसिरहेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यको भेलाले मध्यावधि निर्वाचनमा सहभागी भएर पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ।

बैठकले आगामी मङ्सिर २ देखी सात गतेसम्म पार्टी महाधिवेशन गर्ने निर्णय गरेको हो । 

हालै नियुक्त भएका नेकपा प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले कसैलाई कार्वाही नगरेको जानकारी दिँदै पार्टीको महाधिवेशन आगामी मङ्सिर मा गर्ने निर्णय भएको जानकारी दिए।

प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारी वैशाखमा मध्यावधि गर्ने मिति घोषणा गरिसकेकी छिन्।

राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरिसकेकी छिन्।

 

 

 

 

पुष ७, २०७७ मंगलबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।