नियन्त्रित लागूऔषध सहित दुई पक्राउ

नियन्त्रित लागूऔषध सहित दुई पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

खिचापोखरीबाट डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन(नूफिन)१ सय २५ एम्पुल र फेनारगन १ सय २६ एम्पुल सहित दुई जनालाई प्रहरीले आइतबार दिउसो पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सप्तरी रुपनी गाउँपालिका-२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र ललितपुर महानगरपालिका-५ बस्ने ४३ वर्षीय सुरज केसी रहेका छन् । 
यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ९७ एम्पुल, बुप्रेनोर्फिन ४ सय ९८ एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र नाईट्राजेपाम १२ सय ट्याबलेट सहित २ जनालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिराहा नवराजपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय धर्मदेव यादव र सोही ठाउँ बस्ने २५ वर्षीय चितरञ्जन यादव रहेका छन् । 
लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उक्त परिमाणको लागूऔषध सहित उनीहरूलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

पुष ७, २०७७ मंगलबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।