ओली समूहको केन्द्रीय सदस्यको बैठक बालुवाटारमा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको ओली पक्षीय केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए।
बैठकमा कति सदस्य सहभागी छन् भन्ने खुलाइएको छैन।
निर्वाचनमा आयोगका अनुसार नेकपाको केन्द्रीय समितिमा चार सय ४१ केन्द्रीय सदस्य छन्। तीमध्ये ओलीको पक्षमा १४० को हाराहारीमा केन्द्रीय सदस्य रहेको बताइएको छ। यो कूल सदस्य संख्याको करिब ३२ प्रतिशत हो।
बैठकले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने बताइएको छ।
लामो समयदेखिको नेकपा विवाद संसद् विघटनसँगै गम्भीर मोडमा पुगेको हो। नेकपा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएपछि पार्टीबाट विरोध भइरहेको छ। उक्त कदमको दाहाल र नेपाल पक्षका नेताहरुले विरोध जनाएका छन्।
यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएका छन्।
यस्तो छ बाहिरको दृश्य 


पुष ७, २०७७ मंगलबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।