कसको बैठकमा जालान् नेकपाका केन्द्रीय सदस्य !

कसको बैठकमा जालान् नेकपाका केन्द्रीय सदस्य !

काठमाडौैं : संसद् विघटन गराउने पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिने कारबाहीको प्रक्रिया टुङ्गो लगाउन अर्का अध्यक्ष पुष्पकमल दाहालसहितको स्थायी समितिले मङ्गलवार दिउस १ बजे केन्द्रीय समितिको बैठक डाँके।

त्यसलाई काउन्टर दिन ओलीले पनि मङ्गलवारै पारेर केन्द्रीय समितिको बैठक राखेका छन्। बालुवाटारमा डाँकेको बैठकको समय तोकेका छन् बिहान नौ बजे।

दाहाल र नेपाल समूह ओलीलाई कारबाही गर्ने टुङ्गोमा पुगेकाले उनीहरूले कारवाहीको निर्णय गर्नु अगाडि नै उनीहरूलाई नै कारबाही गर्न ओली समूहले बैठक राखेको हो।

तर केन्द्रीय समितिमा ओली अल्पमतमै छन्। संसद् विघटन भएपछि नेकपाका केही नेताहरू दुवै गुटमा खुलेका छैनन्। पार्टी उपाध्यक्ष बामदेव गौतमले त विज्ञप्ति नै निकालेर पार्टी फुटाउन हुने कुनै पनि समूहको बैठक र भेलामा नजाने घोषणा गरिसकेका छन्। उता गृहमन्त्री तथा नेकपाका नेता रामबहादुर थापा बादल पनि कुनै गुटको भेलामा सहभागी भएका छैनन्। यो अवस्थामा दुवै पक्षले राख्ने भेलामध्ये कसकोमा बहुमत पुग्छ भन्न सकिने अवस्था देखिन्न।

 

पुष ६, २०७७ सोमबार १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।