संसद् विघटनको निर्णय आकस्मिक होईनः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय आकस्मिक नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन।
उनले राष्ट्रिय राजनीति र नेकपाकै कतिपय नेताको अवस्थाका कारण यस्तो अवस्था आएको बताएका हुन। ‘आकस्मिक रूपमा आइतबार को राजनीतिक परिवर्तन देखिए पनि लामो राष्ट्रिय राजनीति र नेकपाकै कतिपय यो अवस्था देखिएको हो। ’उनले सम्बोधन गर्दै भने।
प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरू प्रतिपक्षभन्दा पनि बढी आक्रामक हुँदै कामै गर्न नदिने र प्रतिनिधि सभालाई बन्धक बनाउने अभ्यासमा सक्रिय भएकाले जनतालाई नै फैसला गर्न दिनु लोकतान्त्रिक अभ्यास भएकाले आफू बाध्य भएर संसद् विघटन गर्न पुगेको बताए। ‘आफ्नै दलका नेताले काम गर्न दिएनन्। त्यसैले नयाँ जनदेशका लागि जनतामा जाने निर्णय गरे।’
उनले भने ' विघटन मेरो रुचि र छनौटको विषय थिएन। सांसदलाई केही नेतालाई बन्धक बनाउनु जनमतको विपरीत हुने सार्वभौम जनतामा जाने निर्णय गरेको हुँ। निर्वाचनको घोषणाले पार्टी एकतालाई अझै मजबुत बनाउने विश्वास लिएको छु। जनतालाई फैसला गर्न दिनु नै उत्तम विकल्प । यो अवस्था आउनुमा नेकपाकै केही नेता जिम्मेवार छन्।'
पुष ६, २०७७ सोमबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।