प्रधानमन्त्री ओलीको सम्बोधन : प्रतिपक्षलाई पनि उछिनेर पार्टीभित्रबाट विरोध भयो 

प्रधानमन्त्री ओलीको सम्बोधन : प्रतिपक्षलाई पनि उछिनेर पार्टीभित्रबाट विरोध भयो 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नै पार्टीभित्रबाट सरकारलाई काम गर्न नदिएको आरोप लगाएका छन्।

संसद् विघटन भएको दोस्रो दिन सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले महाधिवेशनबाट कार्यकारी अधिकारबाट बिदा लिने घोषणा गर्दा पनि पार्टीका नेताहरूले विरोध गर्न नछाडेको उनले बताए।

‘महाधिवेशनका लागि साथीहरूले चार महिना पनि कुर्न सकेनन्। उल्टो मेरो राजनीतिक भविष्य नै सिद्ध्याउने गरी अगाडि बढे ।’

भित्रभित्रै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार पारेको । पार्टीको संसदीय दलको नेतालाई थाहै नदिई संसद्को विशेष अधिवेशनको माग गर्दै निवेदन दर्ताको प्रयास भएको भन्दै उनले असन्तुष्टि जनाए।

पुष ६, २०७७ सोमबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।