‘हिन्दु राज्य स्थापना गर्न यो सब खेल भइरहेको हो’

‘हिन्दु राज्य स्थापना गर्न यो सब खेल भइरहेको हो’

-युग पाठक, लेखक 

पछिल्लो सिनारियोलाई आधार मान्ने हो भने ओली राजावादीसँग मिलेका छैनन् भन्न सकिँदैन ।

ओली आफ्नो अहङ्कारलाई बचाउन  जुनै हदसम्म गिर्ने मान्छे हुन् । भारतीय संस्थापनलाई खुसी बनाउन र हिन्दु राज्य स्थापना गर्न यो सब खेल भइरहेको हो । ओली प्रतिगमनको मुख्य नेता हुन् । नेपाली समाजलाई  पछि धकेल्न यिनको ठुलो हात छ । यही प्रतिगमनका कारण काम गर्न सकेनन् अनि आफैले स्थिरता तोडे ।

ओलीले चलखेल गर्नेलाई  ठाउँ बनाइदिएको मात्र होइन  निम्ता दिएर नै बोलाएका हुन् । यसले अब फेरी २० वर्ष अघिको नेपालको  सिनारियोलाई पुन बीजारोपण गरेको छ ।

 

 

 

पुष ६, २०७७ सोमबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।