अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकारको चिन्ता नगर्न दीपकराज गिरीको आग्रह

अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकारको चिन्ता नगर्न दीपकराज गिरीको आग्रह

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको खबर बाहिरे लगत्तै नेपाली राजनीतिमा ठुलै तरंग आएको छ। 

संसद विघटन भएपछि कलाकारहरुले पनि आफ्नै टिप्पणी गर्न थालेका छन्। 
कलाकार दीपकराज गिरीले ‘माओबादी र एमालेको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार भन्दै ब्यङ्रगायत्मक तरिकाले आफ्नो टिप्पणी राखेका छन्। उनले माओवादी र एमोलेको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगर्न आग्रह गरेका छन्। उनले यस्तो विषय सामान्य भएको बताएका छन्। अप्राकृतिक गर्भाधानको भर नहुने भन्दै आम नागरिकलाई चिन्ता नगर्न सुझाव दिएका छन्। उनले लेखेका छन्,‘माओवादी र एमालेको अप्राकृतिक गर्भाधान बाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौ।’ कुनै अप्राकृतिक कुरा स्थाइ नहुने दीपकराज गिरीको तर्क रहेको छ। उनले थप लेखेका छन् ,‘किनकी अप्राकृतिक कुरा स्थाइ हुदैन....शुभदिन!’
दीपकराज गिरी आफुलाई चित्त नबुझेको कुरामा खरो तरिकाले आफ्नो भनाई राख्दै आएका छन्। हिजो उनले लेखेका थिए।‘५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ, दुई तिहाइ पनि दुइ तुहाई भो ।’ उनको भनाईलाई धेरैले सकारात्मक प्रतिक्रिया दिएका थिए।

पुष ६, २०७७ सोमबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।