नेकपामा सांसद तानातान, नौ बजे ओलीको भेला, तीन बजे दाहाल-नेपाल

नेकपामा सांसद तानातान, नौ बजे ओलीको भेला, तीन बजे दाहाल-नेपाल

काठमाडौँ : संसद् विघटनसँगै नेकपामा निवर्तमान सांसदलाई प्रभावित बनाउने अभ्यास सुरु भएको छ। राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिस अनुसार संसद् विघटन गरेपछि नेकपाभित्र सांसद आफ्नो पक्षमा पार्ने अभ्यास सुरु भएको हो।

दाहाल-नेपाल समूह सांसद विघटनको निर्णयलाई अदालत र सडकमा चुनौती दिने तयारीसँगै आफ्नो पक्षमा माहौल बनाउन ओलीले बैठक बोलाएका हुन्।

पार्टीमा विवाद बढेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो। दाहाल-नेपाल समूहले एमाले दर्ता ओलीको निर्देशनमा भएको दाबी गर्दै आएका छन्।

संसद् विघटन अगाडि दाहाल-नेपाल समूहले संसद् सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा नेकपामा ९० सांसदको हस्ताक्षर थियो।

विघटित प्रतिनिधि सभामा नेकपाको १ सय ७४ सांसद छन्। एमाले र माओवादी एकीकरणताका एमालेका १ सय २१ र माओवादीका ५३ थिए। पार्टीमा धुर्विकरण बढेसँगै ओलीको पक्षमा ८३ र बाँकी दाहाल-नेपाल समूहमा छन्।

पुष ६, २०७७ सोमबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।