राप्रपाको दोहोरो चरित्र

राप्रपाको दोहोरो चरित्र

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताए पनि ताजा जनदेशमा जाने पक्षलाई भने स्वागत गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने,‘संसद् विघटन विघटन भइसकेको अवस्थामा ताजा जनदेशमा जाने कुराको समर्थन गरेको हौँ ।’ श्रेष्ठले नेकपाको आन्तरिक झगडाको कारणले गर्दा संसद् विघटन गर्नु अप्रजातान्त्रिक  भए पनि संसद् विघटनमा जानु स्वागत योग्य भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा बसेको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको निष्कर्ष निकालेको छ । राप्रपाले मन्त्रिपरिषद्को सिफारिसमा संसद् विघटन हुने व्यवस्था संविधानले नगरेको उल्लेख गरेको छ ।

पुष ५, २०७७ आइतबार २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।