संसद् विघटनपछि के गर्दै छ कांगेस ?
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पार्टीकै नेता र भातृ संगठनले विरोध जनाएका छन्।
तर, प्रमुख प्रतिपक्षी दल कांगेसले सामान्य विरोध जनाउनुबाहेक सशक्तरूपमा प्रस्तुत भएन।
के गर्दै छ त कांगेस ?
कांगेस नेता तथा पूर्वमन्त्री भीमसेनदान प्रधान तत्काल कांग्रेसले विरोधको ठूला कार्यक्रम तय नगरेको बताउँछन्। उनी यसबारे पार्टीमा छलफल जारी रहेकाले कस्तो विरोधको कार्यक्रम हुने भन्ने तय नभएको बताउँछन्। ‘नेकपाकै असन्तुष्ट पक्षसँग समेत छलफल गरेर अगाडि बढ्ने तयारी भइरहेको छ,’ उनले भने।
संसद विघटनसँगै वैशाख १७ मा पहिलो र २७ मा दोस्रो चरणको चुनाव घोषणा गरेको छ। तर, समयमै चुनाव हुनेबारे कांग्रेस ढुक्क हुन सकेको छैन।
‘सांसद विघटनपछि निर्वाचन आयोगदेखि अख्तियारसम्म आफू अनुकूलका नियुक्ति गरिएको छ,’ प्रधान भन्छन्, ‘पार्टी झगडाका कारण विघटन गरिएको छ। चुनाव हुन्छ भन्नेमै पनि शंका छ।’
पुष ५, २०७७ आइतबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।