सात करोड हिनामिना गरेको आरोपमा महालक्ष्मी बैङ्कका कर्मचारी र ऋणी पक्राउ
काठमाडौँ : धितोमा गडबड गरी सात करोड बढी रकम हिनामिना गरेको आरोपमा महालक्ष्मी विकास बैङ्कको ललितपुर कुमारी पाटीका शाखा प्रबन्धक सहित ६ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिने, अनीश सिंह सिजापति पक्राउ परेका हुन्। ब्युरोले ऋणी पूर्ण राई र सन्दीप लिम्बुलाई समेत बैंकिगं कसुरमा पक्राउ गरेको छ।
पाण्डेका अनुसार पूर्ण राई समेतका विभिन्न ऋणीसँगको मिलेमतोमा शाखाका कर्मचारीहरूले कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण दिएका थिए।
उनीहरूले बढी धितो मूल्याङ्कन गरेर बैङ्कलाई सात करोड ४२ लाख ६१ हजार रकम नतिरी हानी नोक्सानी पुराएको आरोप छ।
पुष ५, २०७७ आइतबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।