ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।
स्थायी कमिटिको आज (आइतबार) साँझ बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो।
बैठकले संसद् विघटन घोषणाको प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ। कमिटीले राष्ट्रपतिको भूमिकाको पनि भत्सर्ना गरेको छ। स्थायी कमिटीले संसद् विघटनको घोषणाविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको सार्वभौम सत्तामाथि निर्मम प्रहार गरेको स्थायी कमिटीको निष्कर्ष छ।
ओलीले पार्टीको भविश्य र नेपालको संविधानलाई असफल पार्ने कुकृत्य र विश्वासघात गरेकाले उनीविरुद्ध पुस ७ गते बस्ने केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पुष ५, २०७७ आइतबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।