संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु गलत : गौतम 

संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु गलत : गौतम 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन्।

उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। यो कदमले राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि संकटमा पर्ने उनले उल्लेख गरेका छन्।

निर्वाचनबाट झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को कार्यकाल बाँकी छँदै विघटन गर्नु गलत भएको उनको भनाइ छ। 

‘नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सनायोग्य छ,’ विज्ञप्तिमा भनिएको छ। 

संसद विघटनबारे उपाध्यक्ष गौतमले ढिलो गरी प्रतिक्रिया दिएका हुन्।

पुष ५, २०७७ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।