मध्यावधि निर्वाचनबारे प्रधानमन्त्रीले थाले छलफल 

मध्यावधि निर्वाचनबारे प्रधानमन्त्रीले थाले छलफल 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्वाचनबारे छलफल थालेका छन्। 

प्रधानमन्त्री ओलीले आज निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरूसँग बालुवाटारमा छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन्। 

पुष ५, २०७७ आइतबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।