दाहाल–नेपाल पक्षका ७ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं : संसद् विघटनपछि असन्तुष्ट बनेका सात मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, वन मन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी मन्त्री बिना मगर, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई छन्।
तीमध्ये पोखरेल, पुन, बस्नेत, मगर र यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पक्षका हुन् भने अन्य माधवकुमार नेपाल पक्षका।
पुष ५, २०७७ आइतबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।