अन्योलमा रहेका नेकपाका सांसद् सिंहदरवारमा

अन्योलमा रहेका नेकपाका सांसद् सिंहदरवारमा

काठमाडौं : मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेपछि अन्योलमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही सांसदहरूले छलफल थालेका छन्।

उनीहरूले सिंहदरवारमा भेला भएर छलफल थालेका हुन्। 

मन्त्रिपरिषद्को आज बसेको बैठकले संसद विघटनको सिफारिस गरेको थियो।   

नेकपाकी सांसद् रामकुमारी झाक्रीले संसद् विघटनको सिफारिसबारे केही सांसदहरूसँग सिंहदरबारमा अनौपचारिक छलफल भइरहेको जानकारी दिइन्। 

उनले संसद् विघटनको सिफारिस फिर्ता लिन माग गरिन्। 

पुष ५, २०७७ आइतबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।