‘संसद् विघटन सिफारिस अदालतले बदर गर्नुपर्छ’

‘संसद् विघटन सिफारिस अदालतले बदर गर्नुपर्छ’

संविधानविद् विपिन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस संविधान विपरीत रहेको बताउँदै यदि राष्ट्रपतिबाट सो सिफारिस सदर भए अदालतमा चुनौती दिनुपर्ने र अदालतले बदर गर्नुपर्ने बताए।

 

 

'प्रधानमन्त्रीले संविधान कानुन हेरेर भन्दा पनि आफ्नो दृष्टिकोणको आधारमा सिफारिस गर्नुभयो'

–विपिन अधिकारी, संविधानविद्

संसद् विघटनको अवधारणा संविधानमा छैन । प्रधानमन्त्रीको अधिकारको रूपमा राखिएको छैन । प्रधानमन्त्रीले संविधान कानुन हेरेर भन्दा पनि आफ्नो दृष्टिकोणको आधारमा सिफारिस गर्नुभएको देखिन्छ ।

संसद् विघटनको अवधारणा संविधानमा छैन । प्रधानमन्त्रीको अधिकारको रूपमा राखिएको छैन । प्रधानमन्त्रीले संविधान कानुन हेरेर भन्दा पनि आफ्नो दृष्टिकोणको आधारमा सिफारिस गर्नुभएको देखिन्छ । पहिलेका प्रधानमन्त्रीले पनि गरेका थिए, मैले पनि गर्छु भनेर भन्ने दृष्टिकोण र आफ्नो मान्छेलाई भनसुन गराएर पेलाएर जान्छु भनेर विघटनको प्रस्ताव पनि गरिएको होला तर सिफारिस असंवैधानिक छ ।

यस भन्दा अघिका प्रधानमन्त्रीले संविधानमा भएको अधिकारको नै प्रयोग गरेका थिए । तर यो संविधानले मुलुकमा अस्थिरता भयो भनेर केही कसिलो नीति बनाएको हो । प्रधानमन्त्रीले कानुनी रूपमा बेवास्ता गर्नुभएको छ ।

सिफारिस राष्ट्रपतिबाट प्रमाणित भए पनि अदालतले बदर गर्छ । असंवैधानिक कुरालाई अदालतले सदर गर्ने कुरै आउँदैन । कानुनी राज्यमा आफ्नो मान्छे लगाएर अन्य काम गर्छु भने जस्तो सजिलो हुँदैन संसद् विघटनको कुरा । आधारहिन र असंवैधानिक कदम अदालतले बदर गर्छ, गर्नुपर्छ ।

(कुराकानीमा आधारित)

पुष ५, २०७७ आइतबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।