संसद् विघटनको सिफारिसविरुद्ध राजनीतिक प्रतिवाद गरिने : कांग्रेस 

संसद् विघटनको सिफारिसविरुद्ध राजनीतिक प्रतिवाद गरिने : कांग्रेस 

काठमाडौं : नेपाली कांग्रेसले संसद् विघटनको सिफारिसविरुद्ध राजनीतिक प्रतिवाद गर्ने भएको छ। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केही बेरअघि ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमविरुद्ध राजनीतिक प्रतिवाद गर्ने जनाएका हुन्। 
उनले आफ्नो ट्विटर ह्याण्डलमा लेखेका छन्, ‘संविधान र लोकतन्त्र रक्षाका लागि सबै एकजुट हौं। अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ।’
मन्त्रिपरिषद्को आज बिहान बसेको आकस्मिक बैठकले संसद् विघटन गर्ने सिफारिस गरेको थियो। 

पुष ५, २०७७ आइतबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।