ओली-दाहालबीच खुमलटारमा छलफल सुरु
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दाहाल निवास खुमलटारमा दुवै अध्यक्षबीच छलफल सुरु भएको हो। पार्टीभित्रको जारी गतिरोध अन्त्यका लागि छलफल थालिएको बताइएको छ।
दाहालसँग छलफल गर्न ओली आज बिहान खुमलटार पुगेका थिए।
नेकपामा लामो समयदेखि विवाद चलिरहेको छ। पछिल्लो समय सरकारले संवैधानिक परिषदसम्बन्धी विधयेक ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
पुष ४, २०७७ शनिबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।