दाहाल बालुवाटार आउन नमानेपछि ओली पुगे खुमलटार  

दाहाल बालुवाटार आउन नमानेपछि ओली पुगे खुमलटार  

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार आउन नमानेपछि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओली पार्टी नेता सुवाश नेम्वाङलाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका छन्। 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमति गरेर पनि फिर्ताको प्रक्रिया सुरु नभएपछि दाहाल र माधव नेपाल समूह ओलीप्रति सशंकित देखिएका छन्।

ओलीले अध्यादेश फिर्ताका लागि प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको सर्त राखेको एक स्थायी समिती सदस्यले बताए।

ओलीले यसबारे छलफल गर्न दाहाललाई बालुवाटार बोलाउने प्रयास गरे पनि उनी नआउने सम्भावना देखेपछि ओली खुमलटार गएका हुन्।

पुष ४, २०७७ शनिबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।