एआईजी पाल र पोखरेलले जिम्मेवारी सम्हाले
काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले उपत्यकाको सुरक्षा कमान्ड सम्हालेका छन्।
यसअघि उपत्यकाको सुरक्षा कमान्ड सम्हालेका एआईजी विश्वराज पोखरेलले बिहिबार नै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागको जिम्मेवारी सम्हालेेेका छन्। पाल यसअघि सोही विभागमा कार्यरत थिए।मन्त्रिपरिषद्को मंसिर २५ गतेको निर्णयले पालको सरुवा तथा पोखरेलको बढुवासहित सरुवा गरेेको थियो।
मन्त्रिपरिषदले महानगरीय प्रहरी कार्यालयमा पहिलो पटक एआईजीको दरबन्दी कायम गरेको छ। पोखरेललगायतका प्रहरी अधिकारीले स्वागत गरेका थिए।
पाललगायतका प्रहरी अधिकृृतले पोखरेेलको बिदाइ गरेेेका थिए।
पुष २, २०७७ बिहीबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।