उकेराको प्रधान सम्पादकमा ढुंगाना नियुक्त

उकेराको प्रधान सम्पादकमा ढुंगाना नियुक्त

काठमाडौं : पाथसिड मिडिया प्रांलिद्वारा संचालित उकेरा डटकमको प्रधान सम्पादकमा केपी ढुंगाना नियुक्त भएका छन्। प्रालीको बुधबार बसेको बैठकले ढुंगानालाई प्रधान सम्पादकमा नियुुुुक्त गर्ने निर्णय गरेको हो।

पाथसिड मिडियाका अध्यक्ष सन्तोष बर्तौलाले बिहिबार ढुंगानालाई  स्वागत गर्दै  सस्थापक प्रधान सम्पादक विश्वमणी पोखरेललाई बिदाई गरेका थिए। डेढ दशकदेखि पत्रकारीतामा संलग्न ढुंगानाले राजधानी दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक, कान्तिपुर दैनिकमा काम गरिसकेका छन् । उनी यसअघि  शुक्रवार साप्ताहिक र नेपाल लाइभ डटकमको सम्पादक भइसकेका छन्। उनी पुस्तक ‘ओपन सेक्रेट’ का लेखक समेत हुन्। 

पुष २, २०७७ बिहीबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।