साझा र विवेकशील फेरी एक हुँदै
काठमाडौं : एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
दुबै पार्टीबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
‘सबै विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको छ’ विवेकशीलका एक नेता भने भने,‘दुई–तीन दिनमै एकताको घोषणा हुन्छ।’
साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्ना सदस्यहरुमा मतदान गराएको थियो।
विवेकशील पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेको एक नेताले बताए।
साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दुबै जना कार्यकारी संयोजक बन्ने सहमती भएको ति नेताले बताए।
यसअघिको एकता प्रस्तावमा पनि दुई संयोजक रहने भनिएको थियो।
विवेकशीलका एक नेताले अध्यक्षलाई सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तरुजु नै रहने टुंगो लागिसकेको ति नेताले बताए।
मंसिर १५, २०७७ सोमबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।