सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु 

सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कञ्चनपुर, बेलौरी–४ का ७६ वर्षीय पुरुषको आज बिहान ९ः३० बजे मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत ती पुरुष यही मंसिर ८ गते अस्पताल भर्ना भएको श्रेष्ठले जानकारी दिए। 

ती पुरुष श्वासप्रश्वासलगायत समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ। 
 

मंसिर १५, २०७७ सोमबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।