गुरुनानक जयन्तीमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

गुरुनानक जयन्तीमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
तस्बिर : प्रेसिडेण्टअफनेपाल डट जिओभी।

उनले आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्। 

सिख धर्मावलम्बीहरूले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन्।

सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। 
 

मंसिर १५, २०७७ सोमबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।