ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

आइतबार वालिङ –१२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन्। ‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्यमाथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसमा कुनै दुविधा छैन्। ओली सरकारको विकल्प छैन्" उनले भनिन्।
वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन्। ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन्। दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ। बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन्।
४३ करोडको खानेपानी योजना अन्तर्गत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन्। त्यही योजना अन्तर्गत अर्यालले आइतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरिन्।

मंसिर १४, २०७७ आइतबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।