स्वास्थ्यकर्मीले लगाए वीरमा ताला

स्वास्थ्यकर्मीले लगाए वीरमा ताला

लामो समय देखि आन्दोलनरत स्वास्थ्यकर्मीले आइतबार तालाबन्दी गरेका हुन्।

नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले उकेरासँग भने,‘पदादिकारीहरु झन्निकम्मा देखियो । त्यसैले अस्पतालमा ताला लगाइएको हो।’ उनले अस्पतालमा मागपत्र बुझाएर ४२ दिनसम्म आन्दोलन गर्र्दा पनि मागको कुनै सुनुवाई नभएको बताए। 

अध्यक्ष आचार्यले अस्पताल प्रशासन तथा पदाधिकारीले होटलमा बसेर कार्यालय सञ्चालन गरेकोले अस्पतालको प्रशासन, लेखा, खरिद इकाई र पदाधिकारिको कार्यकक्षमा तालाबन्दि गरेको जानकारी दिए। 

सामान खरिद गर्दा कमिसनको खेल भएकाले असैह्य भएर लेखा तथा खरिद इकाइमा तालाबन्दि गरिएको उनीले जानकारी दिए। 

आन्दोलनरत पक्षले मंसिर ४ गते देखिनै पदाधिकारी प्रवेशमा निधेष गरेका थिए।

आचार्यले प्रवेश निषेध गरेपनि समस्या समाधानका लागि पदाधिकारीले व्यवस्ता गरेकाले तालाबन्दी नै गरिएको जानकारी दिए। 

करार, अस्थायी र ज्यालादारी कर्मचारिका लागि तलव समयमा नदिएको तथा सुविधा नदिएको आचार्यले जानकारी दिए।

उनले भने,‘ओभरटाइम गरेवापतको सुविधा नदिएको अवस्था छ।’
 

मंसिर १४, २०७७ आइतबार १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।