सरकारद्वारा ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार 

सरकारद्वारा ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार 

प्रतिवेदन मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको जनाएको छ।

मन्त्रिपरिषदले गरेका निर्णयहरू आइतबार सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले दलमा आवद्धता भएको व्यक्तिले तयार पारेको प्रतिवेदन पूर्वाग्रही भएको बताए।

‘ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भष्ट्रचार नियन्त्रणको लागि गरेको प्रयासका लागि नेपाल सरकार सम्मान गर्दछ। यस्ता प्रतिवेदनले सहयोग पुर्याओस भन्ने चाहन्छ। तर हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णत : राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ’ गुरुङ्गले भने।

प्रतिवेदन सरकार र सत्तारुढ दललाई बदनाम गर्न खोज्ने प्रयासस्वरुप आएको उनको भनाई थियो।
 

मंसिर १४, २०७७ आइतबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।