गुल्मी दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो
काठमाडौं : गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी थप एक जनाको ज्यान गएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार दुर्घटनामा परि घाइते भएका इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा केही बेरअघि मृत्यु भएको हो।
यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।
आज बिहान इस्मा–४, हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। जिपमा ९ जना सवार रहेको बताइएको छ।
मंसिर १२, २०७७ शुक्रबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।