गुल्मीमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
भेेैरहवा : गुल्मीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार इस्माबाट सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ११६६ नम्बरको जिप इस्मा गाउँपालिका–४, हुलमा दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठका अनुसार दुर्घटनामा इस्मा ४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाका घाइतेलाई जिल्ला अस्पताल तम्घास ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।
जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताइएको छ ।
मंसिर १२, २०७७ शुक्रबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।