त्रिशुलीमा जिप खस्दा दुईको मृत्यु एक वेपत्ता
काठमाडौं : त्रिशूली नदीमा जिप खस्दा दुई जनाको मृत्यु भएको छ। एक जना वेपत्ता छन्।
प्युठानबाट बिरामी बोकेर काठमाडौं आउदै गरेको पिकअप भ्यान खस्दा दुई जनाएको ज्यान गएको प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान त्रिशुलीमा नदीमा खसेको चितवन प्रहरीले जनाएको छ।
प्युठानको झिमरुक गाउँपालिका–१ की ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको चितवन प्रहरीले जनाएको छ।
उनीहरुको शव पिकअप भ्यानभित्रै भेला परेको हो। १५ वर्षीया जिनिसा रोक्का वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।
जिनिसा बिरामी रहेको र उनलाई उपचार गर्न काठमाडौं ल्याइदै गरेको बुझिएको छ।
पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बच्न सफल भएको प्रहरीले जनाएको छ।
घाइते रोक्काको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
मृतक जमुना मुकुन्दको श्रीमती हुन् भने बेपत्ता भएकी जिनिसा मुकुन्दकी छोरी हुन्। वेपत्ताको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ।
मंसिर ११, २०७७ बिहीबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।