सगरमाथाको नयाँ उचाई घोषणा गरिँदै
आर्थिक वर्ष २०७५-७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन सम्पन्न भएसँगै सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिईन।
‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ।’ मन्त्री अर्यालले भनिन।
सन् २०१५ मा गएको भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।
तत्पश्चात सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन सुरु गरेको थियो। मन्त्रिपरिषद्बाट स्वीकृती पाएसँगै छिट्टै औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमती भएको थियो।
सोही बमोजीम नेपाल र चिनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए। हालसम्म सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म औपचारीक मानिँदै आइएको छ।
मंसिर १०, २०७७ बुधबार २३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।