थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि 

थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो। यससँगै संक्रमितको संख्या संख्या २ लाख २६ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, यस अवधिमा ३ हजार १४० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। 

यस अवधिमा २८ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ छ।

मंसिर १०, २०७७ बुधबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।