दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगर–६ की ७७ वर्षीया महिलाको मंगलबार राति १२ः१५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि गत मंसीर ५ गते कोहलपुर पुर्याइएकी ती महिलामा कोरोना रहेको आशंकमा पीसीआर परीक्षण गर्दा ६ गते संक्रमण पुष्टि भएको थियो।

उनलाई सोही दिनबाट मेडिकल कलेजको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई अक्सिजन, भेन्टिलेटर, एन्टिबायोटिक, रेडमिशिबीर जस्ता बिधिबाट उपचार गरिए पनि राती उनको मृत्यु भएको कोभिड बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुने संक्रमितको संख्या ४९ पुगेको श्रेष्ठले जानकारी दिए।
 

मंसिर १०, २०७७ बुधबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।