हतियारसहित ६ जना पक्राउ

हतियारसहित ६ जना पक्राउ

काठमाडौं : हातहतियार सहित प्रहरीले देशका बिभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको छ। 


भोजपुर, उदयपुर, मोरङ र कपिलवस्तुबाट प्रहरीले हातहातियार सहित ६ जनालाई पक्राउ गरेको हो। 

भोजपुर नगरपालिका–८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, डेटोनेटर कड सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका–३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन्। 

उदयपुर, कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन्।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूसँगैका फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ।  

मोरङ, मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङ बस्ने अरुण भन्ने ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ। 

उनको घर तालसी गर्दा हातहतियार फेला परेको प्रहरीले जनाएको छ।

यस्तै कपिलवस्तु, बिजयनगर गाउँपालिका–१ नेउलागंज बस्ने ४९ वर्षीय जोखु थारुलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।

मंसिर ९, २०७७ मंगलबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।