सरकारको लोकप्रियता देखेर आत्तिएकाहरुले गलत सन्देश फैलाए : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले नकरात्मक सन्देश फैलाएको बताए छन्।
आइतबार ताप्लेजुङ पुगेका प्रधामन्त्री ओलीले यस्तो बताएका हुन्।
फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले वर्तामान सरकारको
लोकप्रियता देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको बताए।
उनले त्यस्ता प्रकारका हल्लाको पछि नलाग्न पनि आग्रह गरे।
‘सरकार सम्वृद्धिका लागि अघि बढिरहेका बेला देशको समृद्धि नचाहने मान्छे र विभिन्न तत्व सरकारविरुद्ध लागेको छ’ ओलीले भने।
सरकारको प्रगती देखेर आफ्नै पार्टीबाट राजीनामा माग गरिएको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्षविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता लाल्छना लगाइएको बताए।
सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट सरकारको आलोचना भैरहेको उनको भनाई थियो।
अर्को प्रसङ्गमा ओलीले सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए।
छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो।
यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए।
सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिने घोषणा गरेकी छन्।
मंसिर ८, २०७७ सोमबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।