सालकको खपटासहित दुई जना पक्राउ

सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौं : प्रतिबन्धित सालकको खपटासहित प्रहरीले काठमाडौंको चाबहिल क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ।
 

चाबहिलस्थित शान्तिगोरेटो चोक बाट १ किलो २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपटासहित दुई जनालाई महानगरीय अपराध महाशाखाले जनाएको छ। 

पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गाउपालिका–२ का २५ वर्षीय बिनोद तामाङ र सल्ले भुल्बु गाउँपालिका–३ का ४७ वर्षीय लाल सिंह तामाङ छन्।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइएको महाशाखाले जनाएको छ। 


 

मंसिर ८, २०७७ सोमबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।