ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट
फाइल तस्विर।

काठमाडौं : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको छ। 

अज्ञात समुहले शनिबार मध्यराति कार्यालय भित्रै बम विस्फोट गराएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालका अनुसार बम विस्फोटबाट कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ। उपाध्यक्ष बस्ने कार्यकक्षमा क्षति पुगेको दाहालले जानकारी दिए । 

यस्तै, कार्यालयको गेटमा समेत अर्को शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शिल गरेको छ। 

गेटमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी भैरहेको उनले जानकारी दिए।

बम कसले किन राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

मंसिर ७, २०७७ आइतबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।