करेन्ट लागेर हात्तीको मृत्यु

करेन्ट लागेर हात्तीको मृत्यु
तस्विरहरु सौजन्य : कञ्चनरुप न्यूज

सप्तरी : सप्तरीमा करेन्ट लागेर एक हात्तीको मृत्यु भएको छ।

जिल्लाको कञ्चनरुप नगरपालिका–५ को कडेमारामा गयराति करेन्ट लागेर एक हात्तीको मृत्यु भएको हो।

बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको मृत्यु भएको कोषीटप्पु बन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए।

भाले जातको उक्त हात्ति दाह्रे हात्ती भनेर चिनिएको चौधरीले बताए। 

वाडेन चौधरीले आफू घटनास्थल गैरहेको बताए। उनले सिमेन्टको पोलमा हात्ती घिस्रिँदा पोल ढलेर करेन्ट लागेको हुन सक्ने पनि बताए। 

मंसिर ७, २०७७ आइतबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।