ओम अस्पतालका संस्थापक डा. मुडभरीको निधन

ओम अस्पतालका संस्थापक डा. मुडभरीको निधन

काठमाडौं : ओम अस्पतालका संस्थापक तथा पूर्वअध्यक्ष डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ।

 वरिष्ठ शल्यचिकित्सक ७८ वर्षीय डा. मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका मुडभरीको छातीमा रगत जमेको अस्पतालले जनाएको छ।
मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि उनी डिस्चार्ज भएर घर गएका थिए।

डा. मुडभरीका श्रीमती, दुई छोरी र एक छोरा छन्।

मंसिर ६, २०७७ शनिबार २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।